ग्लोबल आईएमई लघुवित्तद्वारा ७ वटा शाखा कार्यालय बिस्तार

पोखरा ।

पोखरा महानगरपालिका २६ स्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटा शाखा कार्यालय बिस्तार गरेको छ ।

साबिक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरे पश्चात १ वटा शाखा मर्ज गरेको यस वित्तीय संस्थाले ५१ वटा जिल्लामा १०१ वटा शाखा कार्यालयहरुबाट आफ्ना ग्राहक सदस्यहरुलाई सुबिधा दिइरहेकोमा बांकेको ढकेरी शाखा, सप्तरीको छिन्नमस्ता शाखा, रोल्पाको त्रिवेणी शाखा, रुपन्देहीको बनगाई शाखा, ओखलढुङ्गाको लिखु शाखा, उदयपुरको चुहाडे शाखा तथा झापाको धुलाबारी शाखा गरी ७ वटा शाखा कार्यालय थप गरी १०८ वटा शाखा कार्यालयहरुबाट थप सेवा प्रदान गर्न सुरु गरिसकेको छ ।

footwear zone

साथै, यस संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिने उद्देश्यले आईएमई–पे तथा ई–सेवासंग समन्वय गरी आफ्ना सदस्यहरुसंग आर्थिक कारोबार गर्न शुरु गरेको छ । यस संस्थाले हाल १,२६,९९४ जना सदस्यहरुलाई लघुवित्त वित्तीय सुविधा प्रदान गरेको छ भने संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई ६ अर्ब ३७ करोड ११ लाख रुपैंया बराबर कर्जा लगानी गरेको छ । यसै गरी यस लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुसंग २ अर्ब १५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

You might also like

Comments are closed.