‘नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्छ’

सप्तरी । प्रदेश नं २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्ने बताएका छन् ।

प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय, राजविराजमा संचालित ‘प्रहरी जवान आधारभूत तालिमको मंगलबार राजविराजमा आयोजित दीक्षान्त समारोहमा सम्बोधन गर्दै उनले समाजले खोजेको असल पात्रका रुपमा प्रहरीले सेवा गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा उनले विभिन्न विधामा उत्कृष्ठ प्रशिक्षार्थीलाई पुरस्कार तथा दज्र्यानी चिन्ह प्रदान गरेका थिए । गत मंसिर ३ गतेबाट संचालित उक्त तालिममा २०३ सहभागी भएकामा नौ प्रशिक्षार्थीको तालिम रद्द भएको थियो । तालिममा ५४ ‘क’ श्रेणीमा र १४० ‘ख’ श्रेणीमा उत्तीर्ण भएका जानकारी दिइएको थियो ।

footwear zone

समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले प्रशिक्षार्थीलाई शपथ गराए । प्रहरीलाई व्यावसायिक एवं प्रभावकारी ढङ्गबाट कर्तव्य निर्वाह गर्न आवश्यकपर्ने ज्ञान, सीप र कला प्रदान गर्न प्रशिक्षार्थीलाई २३४ कार्यदिन तालिम प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.