राष्ट्रिय सभा अध्यक्ष र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टरबीच शिष्टचार भेट

ग्रामिण सडक सुधार आयोजना कार्यान्वयनमा बिलम्ब नगर्न आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइसबीच शिष्टचार भेटघाट भएको छ । नेपालका लागि नवनियुक्त डाइरेक्ट काउचोइसले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टचार भेट गरेका हुन् । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको लागि निर्देशक हुनुभएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।

अध्यक्ष तिमिल्सिनाले नेपालमा एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा सञ्चालनमा रहेको ग्रामिण सडक सञ्जाल सुधार आयोजनाकोे प्रभावकारीता र छिटो कार्यान्वयन गराउने सन्दर्भमा कुराकानी गरे । ग्रामिण सडक सञ्जाल सुधार आयोजनाका लागि सडकहरु छनोटको प्रकृया तीन वर्ष अगाडीबाट शुरु भएपनि हाल सम्म कार्यान्वयनको प्रक्रिया केही विलम्ब हुन गएकोले ग्रामीण भेगका जनता र जनप्रतिनिधिको अपेक्षा अनुरुप उक्त सडकहरु छिटो सम्पन्न हुनुपर्छ भन्ने धारणा व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले संघीयता लागु भै सकेको तर प्रदेश र स्थानीय तहमा दक्ष जनशक्ति नियुक्त गर्न ऐन नबनेको हुँदा यस परिस्थितिलाई मध्यनजर गर्दै आयोजनाहरु समायानुकुल अगाडि बढाउनुपर्नेमा जोड दिए ।

भेटका क्रममा एडिबीका कन्ट्री डाइरेक्टर काउचोइसले ग्रामिण सडक सञ्जाल सुधार आयोजनालाई छिटो र प्रभावकारी सञ्चालनको विधि र प्रक्रिया निर्धारण गर्ने प्रतिबद्धता गरे । उनले आयोजना अध्ययन गर्न आउने बोर्ड सदस्यहरुको टिमले प्रदेश सरकार र स्थानीय तहसँग भेटघाट गरी अध्ययन गरेपछि नेपालको हालको कानूनी र व्यवहारिकपक्षको आधारमा आयोजना सञ्चालनको बिधी र प्रकृा निर्धारण हुने जानकारी गराए ।

You might also like

Comments are closed.