काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले मदिरा उत्पादक व्यवसायीलाई सहयोग तथा सहजिकरण गर्न तयार रहेको बताएका छन् ।
नेपाल मदिरा उत्पादक संघको नवौं वार्षिक साधारणसभाको उद्घाटनका क्रममा उनले सो कुरा बताएका हुन् । प्रविधी सम्वन्धी ज्ञान नभएमा वा समस्या परेमा सहजिकरण गर्न हामी तयार छौं, उनले भने । धेरै फ्याक्ट्री भएका कारण विभिन्न समस्या आएकाले लाइसेन्सको भ्यालु निकालेर आवस्यकता अनुशार मदिरा उद्योग मर्ज गर्न सकिने पनि उनले बताए ।
राजस्वमा धेरै भन्दा धेरै योगदान दिनुपर्छ र व्यवसायलाई स्वस्थ बनाउनुपर्छ भन्ने उदेश्य रहेको नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि के.सीले बताए । विगत ३ बर्षदेखि सरकारले राजस्वमा अत्याधिक वृद्धि गरेका कारण व्यवसायिक मदिराले भन्दा घरपालुवा मदिराले प्राथमिकता पाएको छ, उनले भने । सरकारले ट्याक्समा बिशेष ध्यान दिएर मात्र राजस्व वृद्धि गर्नुपर्ने उनले बताए ।

होटल क्राउन इम्पेरियलमा भएको सो कार्यक्रममा संघका उपाध्यक्ष वसन्त श्रेष्ठ, महासचिव राजु गुरुङ, सल्लाहकार रवीन्द्रमान श्रेष्ठ, उद्योगी राम श्रेष्ठ लगायतले बोलेका थिए ।




Comments are closed.