गण्डकी ।
तीन वर्ष अगाडि मुम्बईमा दुवै खुट्टा गुमाएका बाजुराका खगिन्द्र भाटलाई रानाभाट तथा भाट समाज कास्कीद्वारा संकलित ३ लाख ३२ हजार ३५० रुपैयाँ सहयोग गरिएको छ ।
एक कार्यक्रमका बीच पूर्वसभामुख तारानाथ रानाभाटले सो रकम बराबरको चेक खगिन्द्रका बुबा मदनबहादुर भाटलाई हस्तान्तरण गरेका हुन् । समाजको आवश्यकता नै दुःखमा पर्दा केही गर्नका लागि भएको उल्लेख गर्दै उनले आफ्ना दाजुभाइलाई परेका बखत सबैले आ–आफ्ना तर्फबाट सहयोग गर्नुपर्ने बताए ।

उक्त अवसरमा समाजका केन्द्रीय अध्यक्ष बाबुराम रानाभाट, केन्द्रीय सल्लाहकार चिनु रानाभाट, जिल्ला अध्यक्ष रमेशबहादुर रानाभाट, इतिहासविद् प्रा डा राजाराम सुवेदी, मदनबहादुर भाट, श्रीबहादुर रानाभाटलगायतले अप्ठेरो अवस्थामा गरिने यस्ता सहयोगले पीडित व्यक्ति र उसको परिवारलाई ठूलो राहत पुग्ने धारणा राखे ।




Comments are closed.