स्थापनाको ४४ वर्षपछि अत्याधुनिक बैंकिङ सेवा सुरु

 

डोल्पा । सदरमुकाम दुनैमा रहेको कृषि विकास बैंकको उपशाखाले स्थापना भएको ४४ वर्षपछि अत्याधुनिक बैंकिङ सेवा सुरु गरेको छ ।

सोमबारदेखि जिल्लामा शाखा रहेका अन्य सरकारी तथा निजी बैंकले दिइरहेको बैंकिङ सेवा सरह कृषि विकास बैंकले पनि सेवा सुरु गरेको हो । निरन्तरको प्रयासले सोमबारदेखि कृषि विकास बैंकले निक्षेप सङ्कलन, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एसएमएस सेवा, एटिएम, डेभिड कार्ड, किसान कार्ड, डिम्याट, रेमिटलगायत सम्पूर्ण बैंकिङ सेवा दिन सुरु गरेको शाखा प्रबन्धक जनकराज रेग्मीले जानकारी दिए ।

footwear zone

अब कृषि विकास बैंकले पनि जिल्लामा रहेका अन्य बैंक सरह सम्पूर्ण सेवा सुविधा दिने भएकाले एक पटक सेवा गर्ने मौका दिन सम्पूर्ण डोल्पाली नागरिकलाई प्रबन्धक रेग्मीले आग्रह गरे । त्यति मात्र नभई आजदेखि सम्पूर्ण बैंकिङ सेवा घरमै बसीबसी अनलाइन माध्यमबाट पनि लिन सकिने बैंकले जनाएको छ । विसं २०३४ मा स्थापना भएको डोल्पा शाखामा अहिले २६० भन्दा धेरै ग्राहक जोडिएकाछन् भने रु नौ करोड ५० लाख कर्जा लगानी भएको छ ।

You might also like

Comments are closed.