कामदारका नाममा नक्कली फर्म, ६५ करोडको भ्याट छली

काठमाडौं । राजश्व अनुसन्धान विभागले कमजोर आर्थिक अवस्था भएका श्रमिक तथा मजदूरका नाममा नक्कली व्यावसायिक फर्म दर्ता गरी मूल्य अभिवृद्धि कर छली गरेको अभियोगमा सर्लाही धनकौल गाउँपालिका–६ का प्रदीप साहविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले मुख्य कारोबारी भनिएका साहसहित १० जनाविरुद्ध रु ६५ करोड २८ लाख ५२ हजार ३८२ बराबरको बिगो, जरिवाना र कैद सजायको माग गर्दै आज उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

आरकेएम टे«डिङलगायत १३ नक्कली फर्म कमजोर आर्थिक अवस्था भएका मजदूर तथा कामदारका नाममा दर्ता गरी सबै फर्मको बैंक खातासमेत सञ्चालन गरेको अनुसन्धानबाट पाइएको विभागले जनाएको छ । उनीहरुले नक्कली बिक्री बिजक जारी गर्दै आर्थिक वर्ष २०७३÷७४ देखि आव २०७५÷७६ सम्म मूल्य अभिवृद्धि कर र आयकर राजश्व चुहावट गरेको पाइएको छ ।

footwear zone

भ्याटतर्फ रु २२ करोड ४९ लाख ६९ हजार ८०१ र आयकरतर्फ रु ३७ करोड ५८ लाख ३६ हजार ८८९ र लाभांश रु पाँच करोड २० लाख ४५ हजार ६९२ बराबरको चुुहावट गरेको पाइएको छ । विभागले बिगोबमोजिमको रकम असुलउपर गरी जरिवाना र कैद सजायको माग गरेको छ ।

You might also like

Comments are closed.