१० लाख रुपैयाँसहित २ जना पक्राउ

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट शुक्रबार प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–८ बजराही गाउँको भित्री सडकबाट नम्बर नबुझिएको ग्ल्यामर मोटरसाइकलमा जाँदै गरेको अवस्थामा रु १० लाख चार हजार ५०० सहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जिल्लाकै मनरासिस्वा नगरपालिका–५ बस्ने मोटरसाइकल चालक ३४ वर्षीय दिपेन्द्रकुमार साह र सोही मोटरसाइकलमा पछाडि सवार भङ्गहा नगरपालिका–७ बस्ने १८ वर्षीया विन्दाकुमारी साह रहेका छन् ।

रकम बोकी दुवै जना मनरासिस्वा नगरपालिका–५ कटैया गाउँबाट धनुषाको जनकपुर जाँदै गरेको अवस्थामा प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले संयुक्तरूपमा जलेश्वर–८ स्थित बजराही गाउँको भित्री सडकमा जाँच गर्दा उनीहरु रकमसहित पक्राउ परेका हुन् ।

footwear zone

शुक्रबार पक्राउ परेका दुवैलाई रकमसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

 

You might also like

Comments are closed.