सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन कोषमा रु २५ करोड रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै पुगेको धनजनको क्षतिपछि पीडितको उद्धार, राहतलगायतका कार्य गर्नका लागि प्रदेशका सबै नौ जिल्लालाई उक्त कोषबाट तत्काल रु २५ लाखका दरले रकम उपलब्ध गराउने निर्णयसमेत गरिएको बैठकपछि सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिए ।

मन्त्री जोशीले भने, “वर्षापछि उत्पन्न विपद्का बेला सबैलाई राहत, पुनःस्थापना र उद्धारमा परिचालित हुन आग्रह गर्ने निर्णयसमेत गरिएको छ ।”




Comments are closed.