भिजेको धान थन्क्याउन रत्ननगरले आर्थिक सहयोग गर्ने   

चितवन । अविरल वर्षाका कारण खेतमा ढलेको र काटेर सुकाइएको धान थन्क्याउन रत्ननगर नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले प्रतिविघाह  १० हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।

वर्षाका कारण भित्र्याउने बेला भएको धानमा क्षति भएपछि निरास बनेका किसानलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराउन लागेको हो । नगरपालिकाका प्रमुख नारायण वनले किसानको खेतमै पुगेर क्षतिको अनुगमन र निरीक्षणका क्रममा किसानलाई राहत दिने घोषणा गरेका हुन् ।  प्रमुख वनले भने, “यो रकम पर्याप्त होइन तर भिजेको धान सुकाउन र व्यवस्थापन गर्न कामदारलाई ज्याला दिन केही सहज हुने छ ।”

भिजेको धानलाई व्यवस्थापन गर्न नसके भोकमरी लाग्ने भन्दै उनले ज्याला दिने पैसाको अभावका किसानको धान खेतमा कुहिन नदिने प्रतिबद्धता जनाए । सो नगरपालिकाले १६ वटै वडामा क्षतिको विबरण सङ्कलन गरिरहेको छ ।

footwear zone

कृषि विकास शाखाका कर्मचारीसहित वडाका जनप्रतिनिधि र कर्मचारीले किसानको खेतमै पुगेर क्षतिको विबरण सङ्कलन गरिरहेका छन् । वर्षाका कारण भिजेको धान खेतमै उम्रिन थालेको छ । काटेर पाँजामा रहेको धान उम्रिन थालेपछि किसानले केही अग्लो ठाउँमा सारेर सुकाउन थालेका छन् ।

 

You might also like

Comments are closed.