आन्तरिक बजार प्रवद्र्धनका लागि हस्तकला कोसेली मेला हुने    

 

काठमाडौं । नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको आन्तरिक बजार प्रवद्र्धनका लागि भाटभटेनी हस्तकला कोसेली मेला गर्ने भएको छ ।

महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी नेपाली हस्तकलाको आन्तरिक बजार प्रवद्र्धनका लागि यही कात्तिक ८ गतेदेखि १६ गतेसम्म भाटभटेनी हस्तकला कोसेली मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । सम्मेलनमा मेलाका संयोजक विक्रमसिंह महर्जनले भाटभटेनी मेलामा नेपाली छालाजन्य सामग्री, पश्मिना, ऊन, नेपाली कागजलगायत हस्तकला सामग्रीका २५ स्टल राखिने जानकारी दिए ।

footwear zone

“भदौ ८ गतेदेखि सुरु हुने मेलामा ८ गतेदेखि १० गतेसम्म नक्सालमा, ११ गतेदेखि १३ गतेसम्म ठिमीमा र १४ गतेदेखि १६ गतेसम्म कृष्णगल्लीमा रहेको भाटभटेनी सुपरमार्केटमा कोसेली मेला गर्न लागेका छौँ,” उनले भने । सम्मेलनमा नेपाली हस्तकला महँगो नभएकाले सजिलै आन्तरिक बजार प्रवद्र्धन गर्न सकिने महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्यले बताए । हस्तकला महासङ्घले भाटभटेनी हस्तकला कोसेली मेलाका लागि अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ ।

 

You might also like

Comments are closed.