व्यवसायी जिम्मेवार नहुँदा उपभोक्ताको भान्सामा अखाद्य वस्तु

काठमाडौं । व्यवसायी जिम्मेवार नहुँदा उपभोक्ताको भान्सामा अखाद्य वस्तु भित्रिने गरेको छ । काठमाडौं महानगरपालिकाले विगत चार दिनदेखि गरेको बजार अनुगमनमा हानिकारक वस्तु मिसाइएको पुष्टि भएको छ । कामपाले गत सोमबारदेखि मिठाइ पसलको अनुगमन तीव्र बनाएको छ । अनुगनका क्रममा अधिकांश पसल नियमविपरीत सञ्चालित र मिठाइमा अखाद्य वस्तु मिसावट गरेको पाइएको छ ।

अनुगमनकै क्रममा कामपाले गत सोमबार चाबहिलका दुई मिठाइ पसललाई जरिवाना तिराएको हो । दर्ता अनुमति नलिएको, दर्ता गरे पनि नवीकरण नगरी व्यवसाय कारोबार र सञ्चालन गरेको, गुणस्तर मापदण्ड पूरा नगरेका कारण गुप्ता एण्ड गुप्ता स्वीट्स एण्ड चाटलाई रु १० हजार र पूजा स्वीट हाउसलाई रु २० हजार जरिवाना गराएको हो ।

सोही दिन गरेको बजार अनुगमनका क्रममा चाबहिलको सन्तोष स्वीट्समा प्रयोग गरिरहेको करिब पाँच लिटर खान अयोग्य तेल नष्ट गरिएको थियो । त्यस्तै म्याद गुज्रिएको सोना पापड नौ प्याकेट, मुङ दाल सात प्याकेट, विकिनी पञ्जावी तड्का चार प्याकेट, विकिनी भुजिया चार प्याकेट, विकिनी मिक्स ९० प्याकेट जफत गरिएको कामपाको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।

footwear zone

त्यसैगरी बुधबार गरिएको अनुगमनमा बत्तिसपुतलीमा सञ्चालित रामेश्वर मिठाई पसललाई मिठाइमा अखाद्य वस्तुको मिसावट गरेको भन्दै रु १० हजार, महाराजगञ्जस्थित प्रिया स्वीट एण्ड चाट हाउसलाई रु २० हजार र ताज बेकरीलाई रु २० हजार जरिवाना गरिएको थियो ।

भण्डारीले भने, “मिठाई बनाउँदा प्रयोग हुने सामग्रीको प्रयोगमा लापर्वाही गर्नेलाई आर्थिक जरिवाना गराएका छौँ भने सरसफाइमा सुधार गर्नुपर्नेलाई समय दिएका छौँ ।” कामपाले गरेको अनुगमनका क्रममा दुई मिठाई पसललाई जरिवाना तिराएको छ । लाजिम्पाट क्षेत्रमा गरिएको अनुगमनमा उक्त मिठाई पसलको भान्छामा हाइड्रोका बट्टा भेट्टाएको थियो ।

उक्त स्थानको तृष्णा मिठाई पसल र निखिलेश्वरम मिठाई पसलको भान्छामा भेट्टाइएका ती बट्टा अनुगमन टोलीले बरामद गरेको छ । ती दुवै पसललाई रु १०र१० हजारका दरले आर्थिक जरिवाना गराइएको छ । कामपाले नजिकिँदै गरेको तिहारलाई लक्षित गरी मिठाई पसलको अनुगमन तीव्र बनाएको हो ।

You might also like

Comments are closed.