मृतकका परिवारलाई ३० लाख सहयोग

चितवन । ट्र्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका ६ जना परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो ।

विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती –११ स्थित चिउरीखोलामा ना१त ६२८२ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घर ढलान गरेर फर्किँदै गरेका छ मजदुरको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । नगर प्रमुख प्रभा बरालले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई राहातस्वरुप सहयोग गरिएको जानकारी दिए । पाँच परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । एक मृतकका दुईवटी श्रीमतीतर्फ चार छोराछोरी रहेकाले चारै जनालाई बराबर हुने गरी दिने व्यवस्था गरिएको उनले जानकारी दिए । उक्त परिवारलाई जिल्ला प्रशासन कार्यालयका रोहवरमा हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।

राप्ती नगरपालिकाले १५ लाख, खैरहनी नगरपालिकाले ५ लाख, पूर्वी चितवन भवन निर्माण व्यवसायी सङ्घले ४ लाख, ठेकेदारले ४ लाख र ट्र्याक्टरधनीले २ लाख गरी ३० लाख जम्मा गरेर सहयोग गरेको जनाइएको छ ।

footwear zone

राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गाबहादुर भुजेलले दुर्घटनाका घाइतेको उपचारमा ५० लाखभन्दा बढी खर्च भएको बताए । सो खर्च ट्र्याक्टर धनी, ठेकेदार र व्यवसायी सङ्घसँग समन्वय गरी उपचार गरिएको जानकारी दिए । जनप्रतिनिधिका समन्वयमा अस्पतालबाट ७ लाख बराबरको छुट गराइएको जानकारी उनले जानकारी दिए ।

राप्ती–११ को वडा कार्यालय भवन ढलानको काम सकेर फर्किँदै गरेका कामदार सवार ट्र्याक्टर दुर्घटना हुँदा राप्ती –५ का ३५ वर्षीय खड्क लामा, राप्ती–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, खैरहनी–९ कै ५० वर्षीया छनिया महतो र मकवानपुरको राक्सीराङका एक जनाको मृत्यु भएको थियो ।

You might also like

Comments are closed.