२ अर्ब भन्दाबढी राजस्व छलीका १७ मुद्दा दर्ता

 

काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगसहित विभिन्न कम्पनी त्यसका सञ्चालक तथा अन्य व्यवसायीविरुद्ध १७ वटा मुद्दा दर्ता गरेको छ ।

विभागले एक सूचना जारी गरी ती कम्पनी र व्यवसायीविरुद्ध रु दुई अर्ब ३६ करोड बढी बिगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ । विभिन्न मितिमा दायर मुद्दामा झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा ती फर्मका सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तबाट रु दुई अर्ब ३६ करोड ४५ लाख बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग गरिएको छ । सबै मुद्दा उच्च अदालत पाटनमा दर्ता गरिएको जनाइएको छ ।

footwear zone

विभागका अनुसार यसरी प्रतिवादी बनाइएकामा सङ्ग्रिला ट्रेड एण्ड सप्लायर्स, महालक्ष्मी ट्रेड कन्सर्न, चन्दन सप्लायर्स, हनुमान सप्लायर्स, डिलाइट इन्टरप्राइजेज प्रालि, जिएम इम्पोर्ट एण्ड एक्सपोर्ट, पिआर निर्माण सेवा, डिएन इन्टरनेशनल, हिमालयन नेपाल सप्लायर्स, श्रीआरपी ट्रेडर्स, इन्फ्राटेक प्रालि, शाकीर अली, नितिश इम्पेक्स, मोर्गन ट्रेड लिङ्क, राइज अटो ट्रेड प्रालि रहेका छन् । रासस

 

You might also like

Comments are closed.