प्रशासनले निर्धारण गरेकोे भाडाप्रति जिप व्यवसायीको आपत्ती

बाजुरा । जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सार्वजनिक भाडादरप्रति जिप व्यवसायीले आपत्ति जनाएका छन् । मार्तडी–कोल्टी र कवाडीसम्मको भाडा दर प्रशासनले व्यवसायीहरुको पीडालाई दृष्टिगत नगरी मनोमानी ढङ्गले निर्धारण गरेको भन्दै यातायात व्यवसायीले आपत्ति जनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते जिल्लाका सम्पूर्ण सडकमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको आवतजावतमा भाडा निर्धारण गरेको थियो । प्रशासनले मानोमानी ढङ्गले व्यवसायीको पीडालाई दृष्टिगत नगरी भाडा दर कायम गरेको र यस सडक खण्डमा चल्ने सवारी साधनलाई भौगोलिक विकटता तथा सडकको समयमा नै मर्मत हुन नसक्दा जोखिम पूर्ण सडकमा जिप सेवा सञ्चालन गर्नु पर्दा निकै समस्या भएको बूढीनन्दा यातायात प्रालिका उपाध्यक्ष मीनबहादुर बोगटीले बताए ।

“सडकका बीचमा ठूला खाल्डा समेत फिलिङ गरेको छैन्, त्यसैमा झनै सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र गाडी मर्मत सेन्टरको कालोबजारीलाई दृष्टिगत नगरी व्यवसायीलाई मात्र भाडा घटाउन दबाब दिएकाप्रति आपत्ती छ”, स्वामिकात्तिक मानोसरोवरका महासचिव दाबा गुरुङले भने ।

footwear zone

सम्बन्धित निकायले जिप व्यवसायीका सवाललाई दृष्टिगत गरी समयमै सहमति पूर्ण वातावरण सिर्जना नगरुन्जेलसम्म सेवा सञ्चालन नगर्ने प्रशासनलाई मङ्गलबार प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।

प्रशासनले भाडादर हेरफेर नगरे थप आन्दोलन र यातायात सेवा सञ्चालन नगर्ने बूढीनन्दा यातायात प्रालिका उपाध्यक्ष बोगटी, महासचिव जयस्थिति मल्ल, स्वामीकार्तिक मानसरोवरका महासचिव गुरुङ र जय मालिका यातायात सेवा प्रालिका काउन्टर इन्चार्ज मनोज रोकायाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।

You might also like

Comments are closed.