पोखरा । पोखराका सर्जिकल व्यवसायी तथा स्वास्थ्यकर्मीको तर्फबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)लाई ह्विलचियर सहयोग गरिएको छ । पोखराको महेन्द्रपुलस्थित बाँस्तोला थरमा रहेको पाथीभरा सर्जिकल सप्लायर्सका सञ्चालक विद्या अधिकारी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मेडिसिन विभागका डा. आशिष त्रिपाठी र फरेन्सिक मेडिसिन विभागका डा. मदनप्रसाद बरालले सहयोग गरेका हुन् ।
बिहीबार एक कार्यक्रमबीच उनीहरुले प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीलाई ३ थान ह्विलचियर हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व बहन गर्दै हस्पिटललाई सहयोग गर्न पाउँदा खुुसी लागेको पाथीभरा सर्जिकल सप्लायर्सका सञ्चालक विद्या अधिकारीले बताइन् । प्रतिष्ठानका निर्देशक खत्रीले सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

यस अगाडि बुधबार पाथीभरा सर्जिकल सप्लायर्सका सञ्चालक विद्या अधिकारीले आशिर्वाद हृदयकेन्द्र रानीपौवामा उपचारत एक जना विरामीलाई एउटा ह्विलचियर सहयोग गरेकी थिइन् । आगामी १ महिनाभित्र आवस्यक तयारी पश्चात विभिन्न बिशेषज्ञ चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने बताइएको छ । ‘आगामी दिनमा पनि सहयोग हस्तान्तरण लगायतका सामाजिक कार्यक्रम गर्ने तयारीमा हामी छौं,’ अधिकारीले भनिन् ।
इर्मजेन्सी, प्रसुती वार्ड र वहिरंग विभागमा ह्विलचियरको आवस्यकता महसुस गरि विरामीलाई ओसारपोसार गर्न सहज होस भन्ने उदेश्यले ह्विलचियर सहयोग गरेको डा. मदनप्रसाद बरालले बताए ।





Comments are closed.