भन्सार छलेर ल्याइँदै गरेको सामान बरामद

 

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरियास्थित पूर्व–पश्चिम राजमार्गबाट महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०२००२१ नम्बरको मिनीट्रकबाट प्रहरीले बिहीबार ५ लाख ४३ हजार ४५० रुपैयाँभन्दा बढी मूल्यको भन्सार छली गरी लैजाँदै गरेको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ बस्ने वर्ष २१ का मिनीट्रक चालक नवीन कुँवरसहित ट्रकलाई कार्यालयमा ल्याएर सामान जाँच गर्दा बिनाबिल भारतबाट भन्सार छली ल्याएको पाइएको हो ।

footwear zone

ट्रकमा ल्याइएको सामानमा लेडिज सुट २७० थान अन्दाजी मूल्य एक लाख ८९ हजार, मिस्री १४५ बोरा अन्दाजी मूल्य दुई लाख ६१ हजार र पेठा मिठाई ८९ डिब्बा अन्दाजी मूल्य ९३ हजार ४५० रुपैयाँ बराबरको रहेको छ । बरामद सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

You might also like

Comments are closed.