पोखरा । प्राबिधिक शिक्षा तथा व्यवसायिक परिषद् (CTEVT) र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ३ महिने तालिम सुचिकार तालिम (Assistant Tailoring) अन्तर्गतको तालिम एक कार्यक्रमका बीच पोखरा महानगरपालिका वार्ड ३३, लामगादी स्वास्थ्य चौकीको हलमा समापन गरिएको छ ।
अघिल्लो आ.व मा सञ्चालन भएका तीन महिने तालिमहरु कोभिड १९ को कारणले गर्दा निर्धारित समयमा सम्पन्न हुन सकेका थिएनन् । तालिममा सहभागी रहेका सहभागीलाई तालिम समापन कार्यक्रममा सहायक सुचिकार लेबल एक तहको प्रमाणपत्र वितरण गरिएको थियो।
तालिमको माध्यमबाट योग्य र दक्ष जनशक्ति उत्पादन भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि प्राबिधिक शिक्षा तथा व्यवसायिक परिषद् ९ऋत्भ्ख्त्० का उप निर्देशक तिल बहादुर रानाभाटले आगामी दिनमा सिप सिकेर स्वरोजगार बन्ने खालका कार्यक्रम अगाडि बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।
पोखरा महानगरपालिकाका वडा न. ३३, का कार्यबाहक वडा अध्यक्ष दिपक लामिछानेले कार्यक्रममा बोल्दै पोखरा जनप्रतिनिधिको बनिसकेपछिको जिम्मेवारी प्रति पूर्ण उत्तरदायि रहेको बताउँदै सिप सिकी सकेपछि स्वरोजगार बन्न चाहनेहरुको लागि वडा न ३३ को तर्फ बाट आवश्यक सहयोग गर्ने बताए ।

तालिमकि मुख्य प्रशिक्षक मन्जु देवकोटाले तालिमबाट सिप सिकेका सहभागीहरु ले तालिम सिक्नका लागि मात्र नभइ दैनिक जिबनयापनका लागि मुख्य पेशा बनायर आगाडी बढ्न सबै जनालाई बताउदै आफ्नो तर्फ बाट सक्ने सबै खालका सहयोग गर्न हमेसा तयार रहेको जानकारी गराए ।
पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य एवं गण्डकी बहुप्राविधिक शिक्षालयका सञ्चालक सदस्य चेत बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गण्डकी बहुप्राविधिक शिक्षालयकाका प्रशिक्षक मनोज पौडेलले गरेका थिए भने स्वागत मन्तव्य पोखरा महानगरपालिकाका कर्मचारी सुदिप पोखरेलले गरेका थिए भने कार्यक्रममा वडा नं ३३का वडा सदस्य शान्ति देवी आचार्य र कार्यक्रम संयोजक सन्तोष शर्माको समेत उपस्थिति रहेको थियो ।
पोखरा महानगर पालिकाद्वारा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले आ.व. २०७७÷०७८ मा मन्टेश्वरी, सहायक सूचीकर, प्लम्बीन्यंग, सहायक ब्युटीसियन, कम्युटर हार्डवयर, मेसन गरी छुट्टा छुट्टै एघार समूहका छोटो अवधिको तालिम सञ्चालन गरेको थियो ।




Comments are closed.