श्रीराम सुवेदी/पोखरा । पोखराका सहकारी प्रमुखहरुले पोखरामा सम्पन्न एक कार्यक्रम मार्फत सहकारीलाई वित्तीय विभेद नगर्न अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता अन्तर्गत नीतिगत सुधारका लागि सहकारी र राष्ट्र बैंकबीच सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा सो अनुरोध गरिएको हो।
कार्यक्रमबारे प्रकाश पार्दै गभर्नर कार्यालयका अधिकारी डा. भागवत आचार्यले वित्तिय समावेशीकरणका लागि समायानुकल वित्तीय साक्षरता आवश्यकता छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएकोे बताए । उनले वित्तिय ढाँचा वा संरचनामा के कस्तो परिमार्जन गर्न आवश्यक छ, त्यस्ता सुझावलाई अध्यावधिक गर्दै जाने समेत जानकारी दिएका थिए ।
गभर्नर कार्यालयका निर्देशक तथा कार्यक्रमका सहजकर्ता नारायण प्रसाद पोख्रेलले वित्तीय साक्षरता सबैको लागि अपरिहार्य विषय भएको बताउँदै, केन्द्रीय बैंकले साक्षरता फैलाउन सहकारीको भूमिकालाई प्रमुखताका साथ हरेको बताए ।

कार्यक्रममा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि.का कार्यकारी प्रमुख भिम बहादुर गुरुङले कन्द्रीय बैंकले वित्तीय संरचनामा परिमार्जनमा सहकारीलाई पनि महत्व दिनु गर्वको विषय भएको बताउँदै सहकारीसँगको सहकार्य मार्फत वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरुलाई समाजका निम्न वर्गको पहुँचमा पु¥याउन सहज हुने धारणा राखेका थिए ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरुले सरकारले आफ्ना नीति तथा कार्यक्रममा सहकारीलाई तीन खम्बे अर्थनीतिमा राखेपनि कार्यान्वयनमा संकुचन देखिएको हो कि भन्ने आशय व्यक्त गरेका थिए । उनीहरुले शंकास्पद कारोबारलाई सुक्ष्म अनुमगन नगरि सहकारी संस्थालाई अविश्सनिय तरिकाबाट नहेर्न समेत सुझाव दिएका थिए । कार्यक्रममा पोखराका १७ सहकारी संस्थाका कार्यकारी प्रमुख र प्रबन्धकहरुको सहभागीता रहेको थियो ।




Comments are closed.