वैदेशिक रोजगारी र आन्तरिक श्रम बजार व्यवस्थित गर्नेबारे संसदीय समितिमा छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ । मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामना दिन संसदीय समितिले आयोजना गरेको कार्यक्रममा वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्नेबारे छलफल भएको हो ।

फ्रि भिसा र फ्रि टिकट कार्यान्यवन नहुँदा भइरहेको ठगी, भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश लैजाने प्रवृति, अवैध बाटोबाट गएका घरेलु कामदारको समस्याका साथै बेरोजगारी समस्या समाधानबारे समितिका सदस्यहरुले चासो राखेका थिए । मन्त्री श्रेष्ठले विचौलियाहरूको ठगी अन्त्य गरेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने बताए । मन्त्री श्रेष्ठले राम्रो गन्तव्यमा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको जानकारी दिए । उनले सरकारले बेलायतमा फाष्ट ट्याकबाट १० हजार नर्स पठाउन औपचारिक पहल सुरु गरेको जानकारी दिए ।

सीप सिकाएर राम्रा गन्तव्य मुलुकमा श्रमिक लेजाने गरी तयारी अघि बढेको उनले बताए । दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन सुरु गरिएको भन्दै उनले आगामी जनवरीसम्म ६ सय जना कामदार पठाइने बताए । इजरायलमा रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य तथा पुलिस रिपोर्टसम्वन्धी काम सकिएर प्रशासनिक काम मात्र बांकी रहेकोले छिट्टै इजरायल पठाइने बताए ।

footwear zone

मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले वैदेशिक रोजगारीको नयाँ गन्तव्य खाजी भइरहेको बताउदैं बिभिन्न रोजगारदाता देशसँग श्रम सम्झौता र नविकरणको तयारी भइरहेको बताए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य समेत रहेका मन्त्री श्रेष्ठलाई समितिमा बधाइ ज्ञापन गरिएको थियो ।

You might also like

Comments are closed.