सिभिल मलमा सपिङ गर्दा सुजन लामिछानेले जिते टिभिएस अपाचे आरटिआर बाइक

काठमाडौं । सिभिल मलले दशै तिहारमा सपिङ गर्ने उपभोक्तालाई लक्षित गरेर घोषणा गरेको कार्यक्रम अन्तर्गतको बम्पर उपहार काठमाडौं बानेश्वरका सुजन लामिछानेले प्राप्त गर्न सफल भएका छन् ।

बम्पर अन्तर्गत टिभिएस अपाचे आरटिआर १६० २भी बाइक बिजेता लामिछानेलाई सिभिल मलका महाप्रबन्धक विश्व प्रकाश मास्केले बाइकको साँचो हस्तान्तरण गरेका छन् ।

त्यस्तै बम्पर अन्तर्गत एल जी टिभी रिता थापा र सिजि रेफ्रीजेरेटर अस्लम खानले प्राप्त गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीले बताए ।

footwear zone

मलले दशैं, तिहार र छठको अवधिमा सिभिल मलबाट एक हजार रुपैयाँ वा सोभन्दा बढी रकमको किनमेल गर्ने उपभोक्तालाई लक्षित गरेर उपहार कार्यक्रम घोषणा गरेको थियो । लोकप्रिय नेपाली इ कमर्स ग्यापु मार्केटप्लेस र नेपालको पहिलो ओटिटि प्लाटफर्म एक्सलट्रीप, कल्चर रिसोर्ट पोखराले पनि विभिन्न बिजेतालाई सपिङ भौचर र ट्राभल कुपन प्रदान गरेको ठकुरीले बताए ।

सिभिल मल व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मल सञ्चालनमा ल्याएको बताइएको छ । ग्राहक र स्टोर प्रबन्धकहरूलाई मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ। मल प्रवेश अगावै सेनिटाइजर लगाएर भित्र प्रवेश गराइ रहेको मलले जनाएको छ।

त्यस्तै हरेक दिन खुल्नुअघि मल क्षेत्रलाई निर्मलीकरण समेत गर्दै आएको छ। सामाजिक दूरी कायम गर्नरगराउन विभिन्न ठाउँमा संकेत र मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ।

You might also like

Comments are closed.