४ महिनामा ३४ लाख रुपैयाँको टिकट बिक्री

तनहुँ । जिल्ला हुलाक कार्यालयले चार महिनाका अवधिमा झण्डै ३४ लाख बराबरको हुलाक टिकट बिक्री गरेको छ । गत साउनदेखि गत कात्तिक मसान्तसम्मका अवधिमा ३३ लाख ८३ हजार ८२० रुपैयाँको टिकट बिक्री गरेको छ ।

कूल टिकट ६ लाख ६० हजार ८५० टिकट बिक्री गर्दा उक्त राजस्व सङ्कलन भएको कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराइले जानकारी दिए ।
साउन महिनामा सात लाख ३९ हजार ७७५ रुपैयाँ ,भदौमा पाँच लाख ७६ हजार ४९५ रुपैयाँ, असोजमा एघार लाख २४ हजार १७५ रुपैयाँ र कात्तिकमा नौ लाख ५३ हजार ३७५ राजस्व सङ्कलन भएको हो ।

कार्यालयले अभिलेख राखेर सङ्घ संस्था र व्यक्तिलाई कार्यालयबाट नै टिकट बिक्री गर्न थालेको उनले बताए । हुलाक टिकट राजस्व सङ्केत भएकोले निर्धारण गरिएको मूल्य भन्दा घटिबढीमा बिक्री गर्न मिल्दैन् । उनले भने, “हुलाक टिकटमा तोकिएको मूल्य भन्दा बढी मूल्यमा बिक्री गर्न थालिएको पाइएकोले कार्यालयबाट व्यवस्थित तरिकाले टिकट बिक्री गर्न थालेको हो ।”

footwear zone

विभिन्न सङ्घ संस्था, बीमा कम्पनी, लेखापढी कानुन व्यवसायी, बैकलगायतका कार्यालयले कार्यालयमै आएर टिकट लैजाने गरेको उनले बताए । केवल, टिभी, पत्रपत्रिका, एफएमलगायतका संञ्चारमाध्यमको दर्ता तथा नवीकरणको कार्य गर्दै आएको सो कार्यालयले पछिल्लो समय डाँक सेवालाई व्यवस्थित गर्न लागेको निमित्त हुलाक अधिकृत कुमारसिंह लामाले जानकारी दिए ।

सूचना र प्रविधि, स्रोतसाधान र जनचाहनाअनुरुप सेवा दिन स्रोतसाधान कमी भएका कारण ढिलाइ हुन गएकोले सेवामा छिटोछरितो ल्याउन पहल गरिएको उनले बताए । १७ जिल्लाको लागि प्रदेश हुलाक कार्यालयले व्यवसायीसँग डाँकको लागि सम्झौता गरे पनि सम्झौता अनुरुपको कार्य नहुँदा सेवा प्रदानमा कठिनाइ भएको सो कार्यालयले जनाएको छ । पछिल्लो समय हप्तादेखि पन्ध्र दिनको अवधिमा आफ्नै डाँक सेवाबाट हुलाक कार्यालयमा पुगेर डाँक उठाउन थालिएको निमित्त हुलाक अधिकृत लामाले बताए ।

You might also like

Comments are closed.