मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत    

 

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच बिहीबार प्रतिशेयर अङ्कित मूल्य रु १०० रहेको ६ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्तालाई निष्काशन गरेको एक करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीलाई निष्काशन गरेको छ लाख कित्ता, संस्थापक शेयरधनी संस्थामा काम गर्ने कर्मचारीलाई वितरण गरेको २१ लाख कित्ता र कम्पनीको संस्थापकको लगानी रहेको तीन करोड छ लाख कित्ता गरी कूल ६ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

footwear zone

मध्य भोटेकोसी जलविद्युत् कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत सर्वसाधारणसमक्ष साधारण शेयरको बिक्री खुला गरेको थियो । नेप्सेले जारी गरेको सूचनाअनुसार कम्पनीको सङ्केत(एमबिजेसी) रहने र कारोबार सोही सङ्केतका आधारमा हुनेछ ।

 

You might also like

Comments are closed.