आयआर्जन गर्दै पूर्वकमलरी

देउखुरी । पछिल्लो समय दाङका महिला आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दै छन् । घोराही–८ दुन्द्राकी एमुना चौधरी पूर्वकमलरी हुन् । उनी कमलरीमुक्त भएपछि समूहमा आबद्ध भएर आयआर्जन गर्न बङ्गुरपालन व्यवसाय सुरु गरेकि छिन् । अहिले उनको खोरमा ३० बङ्गुर छन् । उनले भनिन् “आफ्नै गाँउघरमा सानो लगानी गरेर आयआर्जनमा जोडिन पाउँदा औधी खुशी छु ।” मुक्तकमलरी विकास मञ्च र आइएम नेपालका सहयोगमा २७ महिलालाई समूहमा आबद्ध गराइ तालिम समेत प्रदान गरिएको थियो ।

घोराही–२ रामपुर पलासेका तुलसा चौधरी जागरण महिला समुहका अध्यक्ष हुन् । उनी पनि पूर्वकमलरी हुन् । उनले अहिले समूहमा मासिक ३ सय रुपैयाँ बचत गर्छिन् । समूहमा बचत गरेको पैसालाई घुम्ती कोषमार्फत सबै सदस्यले पालैपालो लैजाने गर्दछन् । उनले ती सस्थाद्वारा सञ्चालित कृषि र उद्यमशीलताको तालिम लिएको थिइन् । उनले घुम्ती कोषबाट पैसा ल्याएर व्यावसायिक तरकारी खेती गरेकि छिन् । उनले १० कट्ठा जमिनमा टमाटर, लसुन, काउली र बन्दा लगाएको छिन् । उनले भनिन् “तरकारी बेचेर मासिक ३० देखि ३५ हजार आम्दानी गर्दछु ।”

मञ्चका केन्द्रीय अध्यक्ष शान्ति चौधरीले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरे आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताइन् । महिलाले गर्दै आएका पेसा, व्यवसाय, कृषि, उद्यमशीलताका कामको अनुगमन गर्न र सम्बन्धित कार्यालयका प्रमुखसँग समन्वयन गराउने गरेको उनले जानकारी दिइन् ।

footwear zone

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मुक्तकमलरी विकास मञ्चले महिलालाई आयआर्जनमा जोडेर राम्रो काम गरेको बताए । उनले महिला सचेत भएमा बालविवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्यका लागि सकारात्मक प्रभाव पर्ने उल्लेख गरे ।

आइएम कार्यक्रमका प्रबन्धक माधवराज चौधरीले लक्षित महिलाको उत्थानका लागि परियोजनामार्फत आयआर्जन र सचेतनामूलक कार्यक्रम भएको बताए । मञ्चले हाल घोराही उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ८ मा कार्यक्रम लागू गरेर महिलालाई स्वरोजगार बनाउन सहयोग गरेकोछ । जिल्लामा मुक्तकमलरीको सङ्ख्या तीन हजार ६ सय ५८ जना रहेको मञ्चले जनाएको छ ।

You might also like

Comments are closed.