नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघको अध्यक्षमा नरेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघको १३ औँ वार्षिक साधारणसभाले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ, उपाध्यक्षमा अमोघ धाक्ख्वा, महासचिवमा तेलबहादुर कुमाल, सचिवमा शान्ति भण्डारी र कोषाध्यक्षमा शिव अधिकारी चुनिएका छन् ।

सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन बढाउन उद्यमी–व्यवसायीलाई उत्पादन विविधिकरणमा लाग्न सुझाएको छ । नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघलाई उत्पादन व्यापार र उत्पादन विविधिकरणमा लाग्न वाणिज्य सचिव दिनेश भट्टराईले सुझाएका हुन् ।

संघको १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले उनी फेल्ट र फेल्टजन्य उत्पादन निर्यातमा दिइएको नगद अनुदानले राष्ट्रको अर्थतन्त्रमा केही योगदान गरेको बताउँदै अझ प्रतिस्पर्धी र गुणस्तरीय उत्पादनमा लाग्न फेल्ट उद्यमीलाई आग्रह गरे ।

footwear zone

अल्पविकसित देशबाट स्तरोन्नति भएपछि नेपालले विश्व बजारमा सहुलियत नपाउने भएकाले आजैदेखि गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमा लाग्न जरुरी भएको उनले बताए । सचिव भट्टराईले गत आर्थिक वर्षमा रु ६ अर्ब बराबरका फेल्ट सामग्री निर्यात भएका र चालु आवमा पनि रु ३ अर्बको हाराहारीमा फेल्टका सामान विदेश पठाइनु अर्थतन्त्रका निम्ति सकारात्मक भएकाले उत्पादन बढाउने उद्यमीहरूलाई सरकारले सधैँ प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

देशको अर्थतन्त्रलाई सुदृढ बनाउन नेपाल उद्योग, वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघलगायत संस्थाहरूले सरकारसमक्ष प्रस्तुत गरेका नीतिगत एवं संरचनागत सुधारका सुझावलाई वाणिज्य मन्त्रालयले सकारात्मक रुपमा लिएको र उद्योगधन्दाको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको उनले स्पष्ट गरे ।

You might also like

Comments are closed.