विराटनगर । प्रदेश–१ का सामाजिक विकास मन्त्री जयराम यादवले सामाजिक सुरक्षा भत्ताका कारण जेष्ठ नागरिकलाई हेरिने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन् ।
सामाजिक सुरक्षा भत्ताकै कारण परिवारबाट जेष्ठ नागरिकले माया पाएको उनले बताए । मन्त्री यादवले भने, “भत्ताकै कारण छोरा–छोरीले सम्मान गर्ने गरेको पाइएको छ ।”
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज विराटनगरमा आयोजना गरेको सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारितामा सरकार र नागरिकको भूमिका विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा मन्त्री यादवले सामाजिक सुरक्षा भत्ता वितरणमा हुने गरेको असहजतालाई सहज बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री यादवले अन्यको तुलनामा पूर्णअपाङ्गता भएका व्यक्त्तिले पाइरहेको सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न आवश्यक रहेको बताए । मन्त्री यादवले नेपाली नागरिकको पहिचानका नाममा धेरै प्रमाण–पत्रले झन्झटिलो बनाएको बताए । मन्त्री यादवले भने, “भूमिपुत्रलाई खोजेर नागरिकता दिनुपर्छ ।” रासस




Comments are closed.