बेगनास पार्कका लागि १० करोडको परियोजना 

लेखनाथ ।  गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बेगनासतालको बराह क्षेत्रको विकासका लागि साझा अवधारणा बनाउन सरोकारवालालाई आग्रह गरेका छन् ।

लेखनाथ उद्योग बाणिज्य संघले मंगलबार आयोजना गरेको पर्यटन प्रवद्र्धन कार्यक्रममा बोल्दै, मन्त्री शर्माले बराह क्षेत्रको बृहत्तर विकास सहितको गुरुयोजना कार्यान्वयनमा आफुले सहयोग गर्ने उल्लेख गर्दै त्यसका लागि लेखनाथवासीको साझा सरोकार वन्नु पर्नेमा जोड दिए ।

ड्रिम डेभलपर्स प्रा.लि काठमाण्डौंले तयार पारेको बेगनासताल पार्कको बृहत प्रस्ताव परियोजनाको प्रस्तुती पछि सम्वोधन गर्दै मन्त्री शर्माले १० करोडको परियोजनाका लागि आगामी बजेटमा प्रदेश सरकारले सम्वोधन गर्ने प्रतिवद्धता जनाए । संघिय सरकारसँग पनि आफुले लबिङ गर्ने उल्लेख गर्दै, मन्त्री शर्माले त्यसका लागि लेखनाथबासीले साझा योजना हो भन्ने विश्वास दिलाउनु पर्ने स्पष्ट पारे ।

footwear zone

मन्त्री शर्माले पोखरा र शुक्ला गण्डकी नगरपालिकाको सहयोगमा पूणिटारमा औद्योगिक क्षेत्रका लागि आवश्यक तयारी भैरहेको बताए । उनले जग्गा व्यवस्थापनका लागि तनहुँ र कास्कीको नापी कार्यालयलाई निर्देशन दिईसकीएको उल्लेख गरे ।

मन्त्री शर्माले पोखरामा तीन चार दिन सजिलै पर्यटक रोकिन सक्ने वातावरण तयार भएको उल्लेख गर्दै, लेखनाथ क्षेत्रमा थप एक दुईदिन वस्न सक्ने गरी पूर्वाधारको विकास गर्नु पर्नेमा जोड दिए ।

पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बेगनासताल देखी कालिकाको देउमणिसम्म सौर्य ट्रयाकको विकास गरी पर्यटकलाई आकर्षण गर्न सकिनेमा जोड दिए । उनले लेखनाथ क्षेत्रमा प्रकृतिको अनुपम संगम रहेको उल्लेख गर्दै, त्यसलाई व्यवस्थापन गर्न नसकिएका कारण पछाडी परेको बताए ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य बाबुराम गिरीले लेखनाथमा देखिने गरि पर्यटन विकासका गतिविधि हुन नसकेको उल्लेख गर्दै, संभावना र अवसर भएपनि सरकारका दृष्टिमा नपरेको गुनासो गरे ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतमा भएको कार्यक्रममा बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारी लगायतले बृहत बेगनासको परियोजनाका लागि सहयोग गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

 

You might also like

Comments are closed.