नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच अन्तरक्रिया

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबीच विभागको सभाकक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य संघ काठमाडौं का अध्यक्ष दिनेश श्रेष्ठले महानिर्देशक प्रेम कुमार श्रेष्ठलाई स्वागत गर्दै उपभोक्ता हित संरक्षण ऐन, नाप तौल ढक तराजु संग समन्धित ऐनहरु कार्यान्वयनमा समस्या रहेको हुनाले उक्त ऐनहरु पुनरावलोकन गर्नुपर्ने, विभागले विद्युतिय माध्यमबाट सेवा सुविधा विस्तार गर्नुपर्ने, जिल्लाका व्यवसायीहरु लाई जिल्ला प्रशासन कार्यालय वाट हुने अनुगमन व्यवस्थित गर्नुपर्ने, साना तथा घरेलु उद्योगी व्यवसायी माथि लगाइने जरिवाना सम्बन्धमा, म्याद नाघेका वस्तुको व्यवस्थापन गर्ने सम्बन्धमा तथा राज्यले उद्योगी व्यवसायी वाट उठाएको कर राजश्व वाट उद्योगी व्यवसायीहरुलाई व्यवसाय संचालन गर्न आवश्यक पर्ने ऐन कानुन सम्बन्धमा शिक्षा दिन केही वजेट व्यवस्थापन गर्नु पर्ने जस्ता महत्वपूर्ण विभिद विषयहरु वारे कार्यक्रममा व्यवसायीहरुकोतर्फ वाट आफ्नो भनाई राखे ।

विभागकातर्फबाट महानिर्देशक प्रेम कुमार श्रेष्ठले उद्योगी व्यवसायीहरुले राखेका जिज्ञासाहरुलाई संवोधन गर्दै सहकार्य गर्दै अघि वढ्ने बताए ।

footwear zone

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंका वाणिज्य तथा आपूर्ति समितिका सभापति दुर्गाराज श्रेष्ठले उपस्थित सवैलाई स्वागत तथा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरू, संघको विभिन्न विषयत समितिका सदस्यहरु, संघ संग आवद्ध विभिन्न वस्तुगत तथा क्षेत्रगत संघ संस्थाहरुको सहभागीता रहेको थियो ।

सहभागी उद्योगी व्यवसायीहरुले Shipping Line द्वारा मनोमानी भाडा लिएर स्वदेशी निर्यात मा परेको असर, लत्ता कपडामा MRP राख्न परेको व्यवहारिक समस्या, DAP र TTA मा लिने अधिकतम शुल्क वाट साना व्यवसायी लाई परेको समस्या , बैंक र विमा कम्पनिको व्याज र प्रिमियम समन्धमा , वस्तुमा गलत तवरले उत्पादक र डिलरले Re-labeling गरेर विक्रि गरेको वस्तु लाई विभाग वाट खुद्रा व्यापारीको पसल वाट अनुगमन हुदा यो सम्बन्धमा अनविज्ञ रहेको खुद्रा व्यापारी लाई एकहोरो अनुसन्धान र कार्यवाही वाट उत्पन्न समस्या, उपत्यका ट्राफिक कार्यालयले काठमाण्डौ उपत्यका भित्र अवैज्ञानिक तवरले मालसामान ढुवानी गर्ने समय सिमा राखेको बाट उत्पन्न समस्या , दर्ता नगरी अव्यवस्थित तवरले फुटपाथमा संचालन हुने व्यवसाय वाट उत्पन्न समस्या , वजारमा न्यून विजकीकरणको समस्या लगायत विभिद महत्वपूर्ण विषयहरूमा छलफल भई अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

You might also like

Comments are closed.