ट्रकमा आगजनी

 

राजविराज . । अज्ञात समूहद्वारा पूर्वपश्चिम राजमार्गअन्र्तगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा शुक्रबार एउटा ट्रकमा आगजनी गरिएको छ । गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नंको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । ट्रकमा लगाइएको आगो निभाउन वारुणयन्त्र खटाइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अज्ञात व्यक्तिद्वारा ट्रकमा आगजनी गरेको भन्दै उक्त व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

footwear zone

यसैबीच डा सिके राउत नेतृत्वको जनमत पार्टीले सात बुँदे माग राखी पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलङ्घन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले आगो लगाएको जनाइएको छ । शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलनकर्मीको भनाइ छ । यस्तै भारदहमा एक ट्रिपर तोडफोड गरिएको छ ।

You might also like

Comments are closed.