यातायात कार्यालयद्वारा २९ करोड राजस्व संकलन

 

जनकपुर । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८/७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व संकलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए । चालु आवको ६ महिनामा सवारी करबाट रु २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट रु आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट रु २३ लाख ६८ हजार राजस्व संकलन भएको छ ।

footwear zone

यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्र्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन दर्ता भएको कार्यालय प्रमुख साहले जानकारी दिए । सो कार्यालयले आव २०७७÷७८ को ६ महिनामा रु २० करोड २८ लाख २१ हजार राजस्व संकलन गरेको थियो ।

You might also like

Comments are closed.