सात महिनामा १२ अर्ब राजस्व संकलन

 

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ३० करोड राजस्व संकलन गरेको छ ।

गत साउनदेखि माघ मसान्तसम्म रु १२ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएकामा रु ३१ करोड कम राजस्व संकलन भएको उक्त कार्यालयले जनाएको हो । सबैभन्दा बढी राजस्व अन्तःशुल्क शीर्षकमा रु ११ अर्ब ७५ करोड ७२ लाख सङ्कलन भएको छ । जस्मा रु १२ अर्ब ५५ करोड ६ लाख राजस्व असुली गर्ने लक्ष्य लिइएको प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले जानकारी दिए ।

footwear zone

आयकरमा रु ३० करोड ७७ लाख ९७ हजार,मूल्य अभिवृद्धि कर (भ्याट)मा रु १७ करोड २७ लाख ९० हजार, ब्याजमा रु तीन करोड १४ लाख २० हजार, स्वास्थ्य सेवामा रु एक करोड ८३ लाख ७० हजार र घरबहाल करमा रु ८२ लाख ५२ हजार राजस्व सङ्कलन भएको उनको भनाइ थियो । कार्यालयले लक्ष्यअनुसारको राजस्व असुली गर्नका लागि करदाता शिक्षालाई प्रभावकारी रुपमा अगाडि लैजाने तयारी गरिरहेको प्रमुख कर अधिकृत अर्यालले बताए ।

You might also like

Comments are closed.