सडक र पुलको काममा तीव्रता दिन आग्रह

कर्णाली । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले प्रदेशमा निर्माणाधीन सडक र पुलको काममा तीव्रता दिन निर्देशन दिएका छन् ।

वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणाधीन नेवारेखोला पुल तथा ४ स्थित निर्माणाधीन सडकको अनुगमनको क्रममा उनले आइतबार निर्माण व्यवसायीलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् । विसं २०७६ असार ३१ मा सम्झौता भई रु दुई करोड ३७ लाख बजेटमा निर्माण कार्य सुरु भएको नेवारे खोला पुल आयोजनाको उनले स्थलगत अनुगमन गरे ।

उक्त पुल निर्माणको जिम्मा आशिष हाम्रो जेभी सुर्खेतले लिएको छ । विसं २०७७ असार २० गते सम्पन्न गर्नुपर्ने उक्त आयोजनालाई बेलाबेलामा ताकेता गरे पनि काम नसकेको र अहिले २०७८ चैत ३० गतेसम्म म्याद थपिएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका इञ्जिनियर सूर्य शाहीले जानकारी दिए । उनका अनुसार पुलको भौतिक प्रगति ८० प्रतिशत भएको छ । २५ मिटर स्पान भएको पुल बन्न ढिलाइ भएपछि आवतजावत गर्न समस्या भएको स्थानीयले जनाएका छन् ।

footwear zone

त्यसैगरी, मन्त्री रोकायले रु दुई करोड ७४ लाख बजेटमा निर्माण भइरहेको प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक आयोजनाको पनि स्थलगत अनुगमन गरेर तोकिएको समयमै काम गर्न निर्माण व्यवसायी मजदुर कन्स्टक्सन सुर्खेतलाई निर्देशन दिएका थिए । निर्माणका लागि विसं २०७६ पुस २० गते सम्झौता गरी विसं २०७७ माघ १७ मा सम्पन्न गर्ने उक्त आयोजनाको काममा ढिलाइ हुँदा विसं २०७८ चैत मसान्तसम्म म्याद थप गरिएको इञ्जिनियर शाहीले बताए ।

इञ्जिनियर शाहीका अनुसार प्रदेश सरकारअन्तर्गत कालुञ्चोक–रत्न राजमार्ग, साहारा भाडापसल–रातोपुल–एरिचोक सडक, रत्न राजमार्ग–हटलाइन र मसुरी खेतसम्को सडक निर्माण कार्य तीव्ररुपमा अघि बढिरहेको छ ।

You might also like

Comments are closed.