२२ लाख रुपैयाँ जरिवाना ठहर भएका पाण्डे पक्राउ

काठमाडौं । उच्च अदालत पाटनले २२ लाख रुपैयाँ जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख रुपैयाँ जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालिका–८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो एनआईसी बैँक लिमिटेड मनमैजु शाखाको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंकिङ कसुर गरेकाले पाण्डेलाई काठमाडौंको नेपालटारबाट पक्राउ गरिएको जानकारी दिए ।

footwear zone

पक्राउ थापालाई फैसला कार्यान्वयनको लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

You might also like

Comments are closed.