पाहुनालाई कोसेली बन्दै असला माछा

गलेश्वर । म्याग्दी नदीका असला माछा प्राकृतिक चिकित्सालय तातोपानी कुण्डमा डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराक र जिल्लामा आउने आन्तरिक तथा बाह््य पर्यटकका लागि गतिलो कोसेली बनेका छन् ।

बेनी नगरपालिका–४,सिङगास्थित प्रसिद्ध तातोपानी कुण्डमा डुब्न आउने बिरामी तथा पर्यटकको रोजाइँमा म्याग्दी नदीमा पाइने असला माछा पर्ने गरेका हुन् । बजारको छेउमै रहेको म्याग्दी नदीको चिसो पानीमा पाइने असला माछा निकै स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारको रुपमा खाने गरेका छन्,भने घुम्न आएका आन्तरिक तथा बाह््य पर्यटकले कोसेलीको रुपमा लिएर फर्कने गरेका छन् ।

अन्यत्र पाइने माछा भन्दा यहाँका माछा बढी स्वादिष्ट हुने भएपछि अहिले ताजा माछाप्रति केजी एक हजार ५०० मा बिक्री हुने गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम कम भएपछि हिजोआज तातोपानी कुण्डमा नुहाउने बिरामीको भीड बढेको छ । कुण्डमा चलहपहल बढेपछि म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाटसमेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् ।

footwear zone

असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पु¥याउन धौधौ हुने गरेको तातोपानीस्थित तुलाचन होटल एण्ड थकाली भान्सा घरका सञ्चालक मना तुलाचनले बताइन् ।

“माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु हुन थालेपछि पु¥याउन सकिएको छैन” उनले भनिन्,“माछा कमै पाइने भएकाले कोसेलीको रुपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको व्यवसायीको भनाइ छ ।”

घुम्ने र तातोपानीमा स्नान गर्न जानेले कोसेलीको रुपमा लैजाने भएकाले जति रकम तिरेर भए पनि माछा किन्ने प्रचलन बढेपछि माछाको मूल्य पनि बढेको छ । पछिल्ला केही वर्ष नदीमा माछा कम हुँदै गएकाले स्थानीयवासीको सहयोगमा प्रहरीलेसमेत विषादीको प्रयोग र करेन्ट लगाएर माछा मार्न प्रतिबन्ध लगाएको छ ।

तातोपानीका होटलका भान्सामा विषादीरहित माछा पाक्ने गरेको छ । माछासँगै फापरको ढिँडोले यहाँको होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको स्थानीय होटल व्यवसायीको भनाइ रहेको छ । विगतमा सामान्य मानिने फापर स्वास्थ्यलाई हितकर हुने भएपछि पछिल्लो समय फापरको पिठोको ढिँडोसँगै माछा सबैको रोजाइँमा पर्न गएको स्थानीय होटल व्यवसायी कृष्ण केसीले बताए ।

तातोपानीको उपल्लो र तल्लो बजार क्षेत्रमा सञ्चालनमा रहेका होटलमा वा स्वाथ्यका लागि राम्रो गर्ने र स्वादिलो हुने भएकाले म्याग्दी नदीको लोकल माछा र फापरको ढिँडो खान धेरैले मन पराउने गर्दछन् । खासगरी म्याग्दी नदीको माछा मीठो हुनेहुँदा माछासँगै मुस्ताङी फापरको ढिँडोको बिक्री ह्वात्तै बढेको होटल व्यवसायीले बताएका छन् ।

फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राई आइटमका खाना पर्यटकको रोजाइँमा रहेको होटल व्यवसायी एवं तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिवकुमार केसीले बताए । उहाँले तातोपानीका युवाले म्याग्दीखोलामा जाल थापेर दैनिकजसो माछा मारेर बिक्री गर्ने गरेका छन् ।

तातोपानी बजारमा पछिल्लो समय आधुनिक सुविधासम्पन्न होटल थपिएका छन् । फापरको ढिँडोसँगै एक प्लेट माछाका परिकार खाएको रु ४०० देखि ५०० सम्म तिर्नुपर्दछ ।

यसैवर्ष तातोपानीमा सञ्चालनमा आएको श्रेष्ठ होटल हटस्पिङमा पुग्ने स्वदेश तथा विदेशी पाउनालेसमेत लोकल माछा रोज्ने गरेकाले दैनिक खपत हुने गरेको होटल सञ्चालिका साधना श्रेष्ठले बताईन् । प्राकृतिक उपचारको चिकित्सालयको रुपमा विकसित हुँदै गइरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामी बढेका छन् ।

जमिन मुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा बिरेनूनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्एिको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वाससँगै स्थानीय माछा र अर्गानिक खाना तातोपानीको प्रमुख विषेशता छ ।

You might also like

Comments are closed.