एटिएम ह्याक गरेर पैसा निकाल्न खोज्ने चिनियाँ पक्राउ

काठमाडौं । बैंकको एटिएम बुथको पिन ह्याक गरी रकम निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

स्वभाविकरुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त दरबारमार्ग खटिएको प्रहरी टोलीले काठमाडौंको ठमेलबाट चिनियाँ नागरिक २९ वर्षीय वाङ सिओल ओङलाई पक्राउ गरेका छन् ।

काठमाडौं महानगरपालिका– २७ ज्याठास्थितमा मेगा बैंकको एटिएम मेशिनको पिन नम्बर ह्याक गरी नगद निकाल्न खोज्दै गर्दा मङ्गलबार साँझ पक्राउ परेका उनलाई बुधबार सार्वजनिक गरिएको परिसरले एक सूचना जारी गरी जनाएको छ ।

footwear zone

यहाँको एक होटलस्थित ४०५ नम्बर कोठामा बस्दै आएका उनका साथबाट मोबाइल चार थान, विभिन्न किसिमको १० वटा चाबीसहितको झुप्पा, विभिन्न बैंकका एटिम कार्ड १० थान, ड्रिल मेसिन, पेनड्राइभ, हिडन क्यामेरा चार थान, चिनियाँ ऐन दुई हजार ३८२, अमेरिकी डलर ६५ र दुई हजार १०० रुपैयाँ बरामद भएको प्रहरीे जनाएको छ । उनलाई बैंकिङ कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.