पेट्रोलियम व्यवसायी आन्दोलनमा, माग पुरा नभए इन्धन कारोबार ठप्प पार्ने चेतावनी

लेखनाथ । इन्धन आपूर्ति र ढुवानी गर्ने व्यवसायीहरुले विभिन्न माग राखी आन्दोलनको घोषणा गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिमा आवद्ध नेपाल पेट्रोलियम डिलर्स एशोसियन, नेपाल एल.पि ग्याँस उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीहरुले चैत्र २० गतेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

मूल्यवृद्धि पछिको पेट्रोलियम पदार्थको कारोबारमा रोकिएको कमिसन उपलब्ध गराउनु पर्ने लगायतका मागहरु राखेका छन् । यसैगरी प्राविधिक नोक्सानी सम्वन्धमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन लागु गर्न समेत माग गरेका छन् ।

footwear zone

एल.पि ग्याँस ढुवानी गर्ने बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडाको हकमा डिजेलको मूल्य अत्याधिक बृद्धि भएपनि हालसम्म भाडा समायोजन नभएको भन्दै भाडा दर समायोजन गर्न र डिजेलको मुल्य बृद्धिहुँदा भाडा बढ्ने घट्दा स्वत घट्ने स्वचालित ढुवानी भाडा व्यवस्था कायम गर्न समेत माग गरेका छन् ।

पेट्रोलियम ऐन बनाई लागु गर्नु पर्ने, निगमको एलपिजि विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी नियमावली संसोधन गर्नु पर्ने र त्यसमा व्यवसायीको प्रतिनिधि राखिनुपर्ने माग गरेका छन् ।

यसैगरी पेट्रोलियमको कारोबार, आयल निगमको सुधार र भविष्यमा गर्नु पर्ने कार्य लगायतमा व्यवसायी सहित विज्ञ टोली समावेश गरी अध्ययन गराई सरोकार निकायलाई कार्यान्वयनका लागि सिफारिस गर्नु पर्ने माग राखेका छन्

गण्डकी प्रदेशमा पेट्रोलियम डिलर्स एशोसियशन गण्डकी धौलागिरीका अध्यक्ष राजन गोगंजुको संयोजकत्वमा संघर्ष समिति गठन भएको छ । संघर्ष समितिको सहसंयोजकमा गण्डकी ट्याकंर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र रमण पराजुली र एल पि ग्याँस उद्योगका प्रतिनिधि मेघराज पौडेल रहेका छन् ।

संघर्ष समितिले चैत्र १५ गतेसम्म स्थानीय स्तरमा तीनवटै क्षेत्रका प्रतिनिधि सम्मिलित स्थानीय आन्दोलन समिति गठन गर्ने, उपभोक्ता, र सरोकारवाला एवं संचार माध्यममा अन्तरक्रिया गर्ने, एलपि ग्यास उद्योगहरुले नेपाल आयल निगमबाट पिडिओ एल ग्यास लोड बन्द गर्ने, एलपि ग्याँस लोड भएका गाडीहरु भन्सार छुटाउने कार्य बन्द गर्ने कार्यक्रम तय गरेका छन् ।

यसैगरी चैत्र १६ गते देखी पेट्रोलियम पदार्थको ढुवानी ट्यांकरले पिडिओ नलिने, १७ गते देखी एलपि ग्याँस उद्योगबाट विक्रेतालाई ग्याँस विक्री नगर्ने र चैत १८ देखी पेट्रोलियम पदार्थको लोड अनलोड वन्द गर्ने र २० गते देखी देशभर ग्याँस विक्री बन्द गर्ने गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको संघर्ष समितिका संयोजक राजन गोगंजुले जानकारी दिए ।

You might also like

Comments are closed.