बैंकिङ कसुर मुद्दामा ४० लाख रुपैयाँ जरिवाना तोकिएका व्यक्ती पक्राउ

 

काठमाडौं । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले ४० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका स्याङ्जाको आधिखोला गाउँपालिका–४ का ५२ वर्षीय काजी गुरुङलाई सोमबार सामाखुशीबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ फागुन १ गतेको फैसलाअनुसार ६ दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिवाना गरेपछि फरार गुरुङलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ गुरुङले एभरेष्ट बैंक लिमिटेड गोङ्गबु शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै चेक दिएर बैकिङ कसुरजन्य अपराध गरेका थिए ।

footwear zone

अदालतले गुरुङलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम फैसला सुनाएको थियो । गुरुङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको प्रवक्ता महतोले बताए ।

You might also like

Comments are closed.