लण्डनमा गैरसरकारी संस्थाका सञ्जालको सम्मेलन

लण्डन । नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाको नेटवर्क बिआरएएनएनजीओले बिहीबार लण्डनमा सम्मेलन आयोजना गरेको छ ।

लण्डनस्थित नेपाली दूतावासमा ‘नेपालमा रुपान्तरणात्मक परिवर्तनका लागि एनजिओहरूको भूमिकाः कोभिड–१९ को प्रभाव र अगाडी बढ्ने बाटो’ नाराका साथ उक्त सम्मेलन आयोजना गरिएको नेपाली दूतावास लण्डनले जनाएको छ । नेपालमा कार्यरत बेलायती गैरसरकारी संस्थाको छाता सङ्गठनका रूपमा सन् २०१८ मा स्थापित बिआरएएनएनजीओले नेपालमा उनीहरूको परोपकारी कार्यको दक्षता र प्रभावकारिता बढाउने गैरसरकारी संस्था र विभिन्न निकायबीच सूचना आदान–प्रदान र सहकार्यलाई बढावा दिने उद्देश्य राख्दै आएको सम्मेलनमा सहभागी हडर्सफिल्ड विश्वविद्यालयका प्रो पदम सिम्खडाले जानकारी दिए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा सहयोग आवश्यक रहेका नागरिकलाई परोपकारी सेवा प्रदान गर्दै आएका बेलायती गैरसरकारी संस्था, विकास साझेदार र बेलायती जनतालाई धन्यवाद दिए । सरकारको क्षमता र स्रोतसाधनको कमी तथा विपन्नता र जनताका आवश्यकतालाई ध्यानमा राखि नेपालको विकास र प्रगतिका लागि बेलायती गैरसरकारी संस्था प्रमुख साझेदार भएको उनले उल्लेख गरे ।

footwear zone

राजदूत आचार्यले नेपालमा द्रुत, समावेशी र दिगो विकासलाई प्रवद्र्धन गर्न बहुपक्षीय र समग्र दृष्टिकोणको आवश्यकता औँल्याउँदै विशेषगरी महिला, विपन्न तथा सीमान्तकृत वर्गलाई लक्ष्य गरी सामाजिक विकास र आयआर्जनका गतिविधिबीच सन्तुलन आगामी दिनमा महत्वपूर्ण भएर जाने उल्लेख गर्नुभएको दूतावासले जनाएको छ ।

कार्यक्रममा नेपालमा कार्यरत विभिन्न गैरसरकारी संस्थाको प्रतिनिधित्व गर्दै किडास संस्थाका प्रमुख कार्यकारी अधिकृत जेनिस मिलर, हडर्सफिल्ड विश्वविद्यालयका प्रो सिम्खडा, टिच फर नेपालकी स्वस्तिका श्रेष्ठ, चाइल्ड रेस्क्यु नेपालकी जोआना बेगालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

अधिकांश वक्ताले मुख्यतया नेपालको सङ्घीय प्रणालीमा काम गर्दाको अनुभव, कोभिड–१९ को महामारीले गैरसरकारी संस्थाको काम कारबाहीमा देखिएका चुनौती र आगामी दिनमा चाल्नुुपर्ने कदम, बालबालिकाको शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरण तथा नेपालका पिछडिएका र कमजोर जनताको सामाजिक–आर्थिक अवस्थाको उत्थानबारे धारणा राखेका थिए । हालैका वर्षमा ब्रिटिश ओभरसिज डेभलपमेन्ट असिस्टेन्ट ९ओडिए०को कमीको बारेमा पनि चिन्ता व्यक्त गरिएको दूतावासका प्रवक्ता रोशन खनालले बताए ।

सम्मेलनमा काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशक नाथानेल बेभान र विदेश–राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडिओ)को तर्फबाट भारत र हिन्द महासागर निर्देशनालयकी उपप्रमुख क्यामिला सुग्डेनले नेपालमा बेलायतको सहयोग तथा थप आवश्यक सहायतामा जोड दिएको बताइएको छ । रासस

You might also like

Comments are closed.