खटिएका कर्मचारीलाई वैशाख १५ गतेभित्र अनिवार्य हाजिर हुन निर्देशन

 

काठमाडौं ।

निर्वाचन आयोगले विभिन्न मन्त्रालय र निकायका गत चैत १५ गतेभित्र सरुवा वा काज जा पदस्थापन भएका कर्मचारीहरू खटिएका तत् निकायमा हाजिर नभएको गुनासो प्राप्त भएकाले यही वैशाख १५ गतेभित्र अनिवार्यरूपमा हाजिर हुन पठाउने व्यवस्थाका लागि आज निर्देशन दिएको छ ।

footwear zone

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह वा नेपाल सरकार वा प्रदेश सरकारको कुनै मन्त्रालय, विभाग वा कार्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित संस्था वा निकायमा निर्वाचन आयोगको २०७८ फागुन १६ गतेको निर्देशनबमोजिम तत् निकायमा हाजिर निर्देशन दिइएकामा स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि मतदान केन्द्र तथा मतगणना कार्यमा खटाउने प्रयोजनका लागि यही वैशाख १५ गतेभित्र अनिवार्यरूपमा हाजिर हुन पठाउने व्यवस्थाका लागि सरोकारवाला सबैमा निर्देशन दिइएको उल्लेख छ ।

You might also like

Comments are closed.