बारामा १५ हजार ५१० हेक्टरमा चैते धानखेती

कलैया । बारामा आर्थिक वर्ष २०७८/०७९ मा कृषकले कूल १५ हजार ५१० हेक्टर क्षेत्रफलमा विभिन्न जातको चैते धानखेती गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

भदैया, अगहनी धानको उत्पादकत्वभन्दा बढी उत्पादन दिने भएको हुनाले कृषकले आफ्नो साधन स्रोतबाट सिँचाइको राम्रो व्यवस्था गरेका कारण चैते धानखेतीतर्फ कृषक आर्कषित भई प्रत्येक वर्ष चैते धानको खेती दिनप्रति वृद्धि हुँदै गएको ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/०७८ मा कृषकले कूल १२ हजार ११५ हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको थियो । गत साल भदैया धान प्रतिहेक्टर ४ दशमलव ३ मेट्रिकटन, अगहनी धान ४ दशमलव १५ मेट्रिकटनका दरले उत्पादन भएको थियो ।

footwear zone

यस वर्ष कृषकले हर्दिनाथ १, चैते १, २, र चैते ४ जातको धानखेती गरी १५ हजार ५१० हेक्टर क्षेत्रफलमा खेती गरिएको कृषि ज्ञानकेन्द्रका कृषि विज्ञ राजकरण चौरसियाले जानकारी दिए । चैते धान प्रतिहेक्टर ४ दशमलव ६३ मेट्रिकटनले दरले ६९ हजार ९७२ मेट्रिकटन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।

You might also like

Comments are closed.