इपिजी प्रतिवेदन यथाशीघ्र ग्रहण गर्न संयोजक थापाको आग्रह

 

काठमाडौं । नेपाल–भारत सम्बन्धका सबैपक्षमा अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) नेपालका सदस्यले समूहले तयार पारेको प्रतिवेदन यथाशीघ्र ग्रहण गर्न नेपाल र भारतका प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

समूहका नेपाल संयोजक डा भेषबहादुर थापाले आज एक वक्तव्य जारी गरी समूहका सदस्यबीचको अनौपचारिक बैठकले यथाशीघ्र प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने, त्यसो गर्न सम्भव नभए जनसमक्ष ल्याउने निष्कर्षमा आफूहरू पुगेको वक्तव्यमा उल्लेख गरेका छन् ।

footwear zone

दुवै देशका सरकारद्वारा गठित समूहले विस्तृत अध्ययन गरी करिब साढे तीन वर्षअघि तयार पारिएको प्रतिवेदन दुवै सरकारलाई हस्तान्तरण नहुँदा अनिश्चितकालसम्म त्यसलाई संयोजकको जिम्मामा राख्न अनुपयुक्त हुने बताएका छन् ।

You might also like

Comments are closed.