मानसिक स्वास्थ्यका बिरामीको स्वास्थ्य बीमा निःशुल्क

दैलेख । जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्यमा समस्या परेका बिरामी र तीनका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । एघार वडा रहेका नगरपालिकामा हालसम्म मानसिक स्वास्थ्य समस्यामा परेका १८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।

विनियोजित बजेटबाट निःशुल्क बीमाका लागि रु सात लाख ५४ हजार ६०० खर्च भएको शाखा प्रमुख खड्काले बताए । उनले नारायण–५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक समस्या भएका नागरिकलाई परामर्श दिने गरिएको बताए ।

मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिको उपचारमा सहजता ल्याउने उद्देश्यले उनिहरूसहित परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिएको नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बताए ।

footwear zone

नारायण नगरपालिकाले आर्थिक वर्ष २०७८र७९ मा विनियोजन गरेको बजेटबाट मानसिक स्वास्थ्य समस्यामा परेका १८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए ।

प्रमुख खड्काले नागरिकमा पछिल्लो समय मानसिक समस्या बढ्दै गएकाले नगरपालिकाले १० जना मनोसामाजिक परामर्शकर्तामार्फत सेवा दिँदै आएको बताए । उनले आगामी दिनमा यस्ता प्रकारका नागरिक लक्षित कार्यक्रमहरूलाई नगरपालिकाले निरन्तरता दिने बताए ।

You might also like

Comments are closed.