काठमाडौं । जन्मदिन फरक तरिकाले मनाउने उद्धेश्ले बुटवलका राजेश थापाले बुटवल देवीनगरस्थित अपाङ्ग आश्रममा आर्थिक सहयोग गरेका छन् । उनले आश्रमलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
होटल तथा रेष्टुरेन्टमा साथीभाई जम्मा भई रमाइलो गर्नुको साटो सामाजिक कार्य गरि जन्मदिन मनाउँदा पाउँदा आफूलाई छुट्टै आनन्द मिलेको अनुभव सहयोगी सिटिजनकर्मी राजेश थापाले बताएका छन् । तीन वर्षदेखि सिटिजन लाईफ इन्स्योरेन्स बुटवल शाखाबाट बीमा व्यवसाय गर्दै आएका राजेश थापा देशभरिबाट उत्कृष्ट कार्य गर्दै लगातार दुई वर्ष International MDRT विजेता साथै सिटिजन स्टार विजेता पनि हुन् ।
आर्जन गरेको केही रकम सामाजिक कार्यमा खर्च गर्नु पुण्यको कार्य भएको र सबैले समाजलाई सकेको सहयोग गर्नु सबैको धर्म भएको धारणा सिटिजन लाईफ इन्स्योरेन्स बुटवल क्षेत्र का क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकालले बताए ।

सिटिजनकर्मीले अपाङ्ग आश्रममा विगत देखिनै हरेक किसिमका सहयोग गर्दै आएको र आउँदा दिनमा पनि सहयोगको अपेक्षा गर्दै आश्रमका व्यवस्थापकले सु स्वास्थ्य दीर्घायुको कामना गर्दै शुभकामाना व्यक्त गरे । सहयोग कार्यक्रममा उपस्थित सिटिजनकर्मीहरुले उदाहरणीय कार्यको सबैले अनुसरण गर्ने हो भने समाजमा धेरै टेवा पुग्ने धारणा राख्दै शुभकामना व्यक्त गरेका थिए ।




Comments are closed.