विज्ञापन व्यवसायमा संलग्न जनशक्तिको क्षमता विकाससम्वन्धी कार्यक्रम सञ्चालन

काठमाडौं ।  विज्ञापन व्यवसायमा संलग्न जनशक्तिको क्षमता विकास सम्वन्धी कार्यक्रम आजबाट सुरु हुँदैछ ।

नेपाल सरकार विज्ञापन बोर्डले बिज्ञापन व्यवसायमा संलग्न जनशक्तिको क्षमता विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम काठमाडौंमा सञ्चालन  गर्न लागेको हो ।

कार्यक्रम यही जेठ ३० र ३१ गते सञ्चालन हुँदैछ ।उक्त कार्यक्रमा विज्ञापन सम्वन्धी विभिन्न ज्ञान, सिप, धारणा , नीति नियम र नेपालको अवस्थाबारे सिकाइने छ ।

footwear zone

कार्यक्रममा सहभागि ब्यक्तिलाई विज्ञापनका बोर्डका क्षेत्र, कानुनी स्तर, विज्ञापनसम्वन्धी धारणा, अहिलेको पद्धति, विज्ञापनमा लैंगिकता, विज्ञापन उद्योग र कठिनाइ, कसरी विज्ञापनका समस्यालाई समधान गर्ने , नेपालमा कसरी डिजिटल मार्केटिङ गर्ने लगायत विभिन्न विषयमा जानकरी दिइने छ ।

You might also like

Comments are closed.