बैंकिङ कसुरजन्य अपराध गरी १० लाख रुपैयाँ जरिवाना तोकिएका खड्का पक्राउ

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १० लाख १२ हजार रुपैयाा जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले विसं २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाया र बिगोबमोजिम रु १० लाख १२ हजार जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले खड्काले आफ्नो प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदानहुँदै चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकाले अदालतको आदेशअनुसार कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिए ।

footwear zone

पक्राउ खड्कालाई उच्च अदालतले बैंकिङ कसुर तथा सजाया ऐन २०६४ बमोजिम कैद तथा जरिवना हुने फैसला सुनाएको थियो । प्रहरीले पक्राउ खड्कालाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।

You might also like

Comments are closed.