काठमाडौं । हवाई इन्धनको मूल्य समायोजन गर्न वायुसेवा संचालक संघले माग गरेको छ ।
सरकारले शनिबार पेट्रोलको साविकको खुद्रा मूल्यमा प्रति लिटर २० ले घटाएर १७९ रुपैयाँ र डिजेल र मट्टितेलको प्रति लिटर २९ ले घटाएर १६३ रुपैयाँ कायम गरिएको तर हवाई इन्धनको मूल्य भने हाललाई यथावत राख्ने नेपाल आयल निगमको निर्णयप्रति संघले ध्यानाकर्षण भएको जनाउदै हवाई इन्धनको खुद्रा मूल्यमा राजश्व घटाएर १० रुपैयाँ प्रति लिटर भन्दा बढी मुनाफा नहुने गरी मूल्य समायोजन गर्न अनुरोध गरेको छ ।
त्यस्तै, संघले अन्य मुलुकहरुले वायुसेवा उद्योगलाई पुनःस्थापना गर्न सरकारले हवाई इन्धनमा अनुदान दिने गरेको भन्दै नेपालमा पनि त्यस्तो व्यवस्था लागू गर्नुपर्ने जनाएको छ ।

‘कोरोनाको मारमा परेको वायुसेवा उद्योगलाई पुनःस्थापित गर्न भारत, चीनलगायतका विभिन्न मुलुकहरुले हवाई इन्धनमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेका छन् । नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धरासायी हुनबाट बचाउन हवाई इन्धनको अस्वभाविक मूल्यलाई विश्व बजारको मूल्यसंग समायोजन गर्न जरुरी छ’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।





Comments are closed.