नदीजन्य पदार्थको दोहन बढ्दा सरोकारवाला निकाय मौन

काठमाडौं । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ५, २ र १, तथा वडा नं १२ स्थित त्रियुगा नदी आसपासबाट हिजोआज दैनिक नदीजन्य पदार्थ दोहन गरी चोरी, निकासी बढ्दै गइरहेको छ ।

केही ट्र्याक्टर व्यवसायी र नदीजन्य पदार्थ गैरकानुनीरुपमा उत्खनन गर्ने गिरोहले अहिले वडा नं १ को जोगिदह क्षेत्रको त्रियुगा नदी किनार तथा वडा नं १२ को त्रिवेणी तथा आर्यघाटसहित त्रियुगा पुल आसपासका क्षेत्रबाट रात्रिको समयमा र केहीले दिनमै पनि नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यलाई तीव्रता दिँदै आएका छन् ।

मनपरी नदीजन्य पदार्थ निकासी र दोहन हुँदा पनि यसका सरोकारवाला निकाय मौन बस्ने गरेको स्थानीयवासीको गुनासो छ ।वडा नं २स्थित खैजनपुरका कृष्णराज धाँमी भन्छन्,“पन्ध्र दिनदेखियता आएर केही ट्र्याक्टर व्यवसायी र केही अन्य गिरोहको मिलेमतोमा स्थानीय लुहाले खोला आसपासबाट रात्रिको समयमा मनपरी ढङ्गले ढुङ्गा उत्खनन र निकासी गर्ने कार्य भइरहेको छ ।”

footwear zone

त्रियुगा नदी आसपासबाट दिनमै दर्जनाँै ट्र्याक्टरले अवैधरुपमा बालुवा तथा रोडा उत्खनन गरेर निकासी गरिरहेकाले यस विषयमा पटकपटक सरोकावाला निकायलाई जानकारी गराउँदा पनि नियन्त्रणमा सरोकारवाला निकायले खासै चासो नदेखाएको उनको भनाइ छ ।

वडा नं५को देउरी तथा बगाहा क्षेत्रको त्रियुगा नदी किनास क्षेत्रबाट पनि अहिले दैनिक दर्जनौँ ट्र्याक्टरले नदीजन्य पदार्थ खुलेआम निकासी गरेर बिक्री गर्ने गरेको बगाहाका राकेश खड्का बताउँछन् ।

स्थानीय पालिका, वडाका जनप्रतिनिधि र प्रहरी प्रशासनलाई समेत जानकारी गराउँदा पनि नियन्त्रण गर्नेतर्फ कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।

जिल्ला सदरमुकाम गाईघाट बजारको पूर्वतर्फ अवस्थित बरुवा नदीको ढिम्की, चपन, क्षेत्रमा महिनौँ अगाडिदेखि नदीको संरचना नै भत्काएर अवैधरुपमा ढुङ्गा निकासी भइरहेको त्रिनपा-११ शिवालय टोलका विष्णु कार्की बताउँछन् ।

You might also like

Comments are closed.