सवइन्जिनियर दुबेविरुद्ध ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता

पर्सा । दुर्ई दिनअघि सेवाग्राहीबाट रु एक लाख ७० हजार घुस लिँदै गर्दा पक्राउ परेका मधेस प्रदेशअन्तर्गत पर्सास्थित सहरी विकास तथा भवन निर्माण कार्यालयका सवइन्जिनियर रुपेश दुबेविरुद्ध पर्सा जिल्ला प्रहरी कार्यालयले जिल्ला पर्सा अदालतमा ठगी तथा आर्थिक लाभ मुद्दा दर्ता गरेको छ ।

उनलाई उक्त अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।सेवाग्राहीसँग घुस लिइरहेको पूर्वसूचनाको आधारमा बिर्तास्थित वडा प्रहरी कार्यालयको टोलीले दुबेलाई कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा शाखामा बुझाउनका लागि रायसल्लाह लिँदा उक्त शाखाबाट प्रहरीबाटै मुद्दा चलाएर अनुसन्धान गर्न सुझाव आएपछि मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको हो ।

footwear zone

मनवास्थित सवडिभिजन वन कार्यालयको रु १७ लाखको लागतमा निर्माण भएको भवनको मूल्यांकन गरिदिने बहानामा ठेकेदारबाट रकम लिँदै गरेको अवस्थामा दुबे पक्राउ परेका थिए । उनी धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२४ निवासी हुन् ।

You might also like

Comments are closed.