गणित शिक्षा परिषद् कास्कीद्वारा परिवर्तित पाठ्यक्रम प्रबोधिकरण कार्यशाला सञ्चालन

कास्की । गणित शिक्षा परिषद् कास्कीले परिवर्तित पाठ्यक्रमबारे प्रबोधिकरण सम्बन्धमा कार्यशाला सञ्चालन गरेको छ । शुक्रबार सम्पन्न १ दिने कार्यशालालाई दुई सत्रमा विभाजन गरिएको थियो । गशिप कास्कीको अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षतामा शुरु भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिका आचार्य प्रमुख अतिथि रहेका थिए । ।

त्यस्तै, अतिथिहरुमा गशिप कास्कीका सल्लाहकार त्रिभुवन शर्मा, चिन्तामणि शर्मा, केशव अम्गाइ, प्रशिक्षक हुकुमप्रसाद दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष रोमहर्षण पौडेल, चिन्तामणि शर्मालगायतका रहेका थिए । खगेन्द्रराज बरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा तालिम संयोजक स्थिर बाबू सुवेदीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । कार्यक्रम संचालन गशिप कास्कीका सचिव भुमिराज अधिकारीले गरेका हुन्।

त्यस्तै, कार्यक्रमको दोस्रो चरणमा सहभागी शिक्षकहरुलाई दुई समुहमा विभाजन गरि तालिम संचालन गरिएको थियो । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७८/२०७९ बाट परिवर्तन गरि लागू गरिसकेको कक्षा ४,७ र ९ को पाठ्यक्रमको विषयमा र सम्बन्धित विषय शिक्षकमा पाठ्यक्रम, मुल्यांकन, प्रश्न निर्माण, परियोजना कार्य जस्ता क्षेत्रमा रहेको अन्योलता हटाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

footwear zone

कार्यशालामा गणित विषय विज्ञ तथा प्रशिक्षकहरु हरिनारायण उपाध्याय, हुकुमप्रसाद दाहाल र खगेन्द्रराज बरालले सहजिकरण गरेका थिए । उक्त कार्यशालामा विशेषगरि नयाँ पाठ्यक्रमले समेटेको विद्यार्थी मुल्यांकन, प्रश्न निर्माण, परियोजना कार्य जस्ता विषयलाई प्रमुख प्राथमिकता दिइएको थियो ।

तालिममा कास्की जिल्ला भरिका संस्थागत र सामुदायिक विद्यालयका कक्षा ४,७,र ९ कक्षामा गणित विषय अध्यापन गर्ने २ सय बढि शिक्षकहरुको उपस्थिती रहेको गणित शिक्षा परिषद् कास्की मिडिया संयोजक विजय आचार्यले जानकारी दिए । कार्यक्रमको व्यवस्थापन बेदान्त पब्लिकेसनले गरेको थियो ।

You might also like

Comments are closed.