क्यान्सरपीडितलाई यातायात खर्च प्रदान

काठमाडौं । जनस्वास्थ्य कार्यालय सुर्खेतले चालु आर्थिक वर्षमा जिल्लाका ११० जना क्यान्सर पीडितलाई यातायात खर्च प्रदान गरेको छ । क्यान्सरको उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेकाले कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा प्रतिव्यक्ति रु १० हजारका दरले यातायात खर्च उपलब्ध गराएको जनाएको छ ।

कार्यालय प्रमुख गणेशभक्त गौतमले जिल्लामा क्यान्सरको उपचार नहुने हुँदा पीडितलाई आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले यातायात खर्च प्रदान गरिएको जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा उक्त शीर्षकमा रु ११ लाख खर्च भएको छ । “आर्थिक अवस्था न्यून भएकाले यातायात खर्च दिने गरिएको छ, अति विपन्न जो पटक-पटक उपचारमा जानुपर्ने हुन्छ त्यस्ता बिरामीलाई दोर्‍याएर दिएका छौँ”, उनले भने, “क्यान्सरको उपचारमा लाखौँ खर्च हुने हुँदा कम्तीमा बाटो खर्च उपलब्ध गराउँदा बिरामीलाई धेरै राहत हुन्छ ।”

footwear zone

जनस्वास्थ्य कार्यालयले क्षयरोगका बिरामीहरुलाई पनि पोषण तथा यातायात खर्च उपलब्ध गराउँदै आएको छ । प्रतिव्यक्ति मासिक रु ५०० का दरले छ महिनासम्म उक्त खर्च प्रदान गरेको छ । क्षयरोगका बिरामीलाई पोषण तथा यातायात खर्चबापत रु दुई लाख वितरण गरिएको छ ।

कार्यालयले आमा सुरक्षा कार्यक्रमअन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्समार्फत अस्पताल पुर्‍याउने, आर्थिक सहायता प्रदानका कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको थियो ।

You might also like

Comments are closed.